६ चैत, काठमाडौं । सांसद चन्द्र भण्डारीको उपचारका लागि सरकारले ५५ लाख ८८ हजार रुपैयाँ खर्च गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार ११ फागुन २०७९ मा बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीको उपचार खर्च बेहोर्ने निर्णय गरेको थियो। सोहीअनुसार उनलाई एयर एम्बुलेन्सबाट भारत लैजाँदा लागेको सम्पूर्ण खर्च सरकारले बेहोरेको छ।
अर्थ मन्त्रालयका अनुसार ११ फागुन २०७९ मा भएको मन्त्रिपरिषद्को बैठकले भण्डारीको उपचार खर्च बेहोर्ने निर्णय गरेको थियो । सोही अनुसार उनलाई एयर एम्बुलेन्सबाट भारत लैजाँदा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोरेको छ । यस्तो रकम ५५ लाख ८८ हजार रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ ।
भण्डारी आफ्नै निवासमा भएको आगलागीमा परी घाइते भएका थिए । उनको नेपालमा उपचार सम्भव नभएपछि अहिले भारतमा उपचार जारी छ ।