समाचार

संस्कृत विश्वविद्यालयकाे आयुर्वेद क्याम्पसमा अखिल संयुक्त विजयी

६ चैत्र २०७९, सोमबार १३:५०
संस्कृत विश्वविद्यालयकाे आयुर्वेद क्याम्पसमा अखिल संयुक्त विजयी

६ चैत्र,दाङ। नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पस दाङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काे सभापतिमा अखिल संयुक्तका हेमन्त बञ्जाडे विजयी भएका छन् ।

अखिल संयुक्तका हेमन्त बञ्जाडेले ८३ मत प्राप्त गरी गरे । उनका निकटमत प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेद्वार अजयप्रताप चोबेले ६१ गरे । नेविसंघका बसन्त अधिकारीले ४५ मत प्राप्त गरे ।

एक सय ९७ जना मतदाता रहेको केन्द्रीय आयुर्वेद क्याम्पसमा एक सय ८९ मत खसेको थियो । संस्कृत विश्वविद्यालयको विश्वविद्यालय विद्यापीठ बेलझुण्डी र जनता विद्यापीठ बिजौरीमा भने विद्यार्थी सङ्गठनको तालाबन्दीका कारण चुनाव हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्