जीवनशैली

गर्दनको दुखाइ निको पार्न के गर्ने ?

२१ मंसिर २०७८, मंगलवार १६:५४
गर्दनको दुखाइ निको पार्न के गर्ने ?

काठमाडौं: तपाईंको गर्दनको दुखाइको समस्याबाट पीडित हुनुहुन्छ ? यदि त्यसखाले समस्या छ भने बेलामै सावधान हुनुस् । किनकि तपाईं सरवाइकल स्पोन्डोलाइटिस रोगबाट पीडित हुनुहुन्छ या हुने सम्भावना धेरै छ ।

गर्दर्न दुख्ने समस्या आम समस्या हो । यो समस्या प्रायःकम्प्युटर वा मोबाइलमा लामो समय विताउने वा अग्लो तकिया राखेर सुत्ने मानिसहरुमा देखा पर्ने गर्दछ । त्यसबाहेक, ओस्टियोपोरोसिस, सर्भाइकल बोन हर्निएशन लगायतका समस्या भएमा पनि गर्दन दुख्ने गर्छ  ।

लक्षण

स्पोन्डोलाइसिस बिरामीहरूमा देखिने लक्षण फरकफरक हुन्छन् । हरेक मानिस घाँटीको दुखाइकै कारण उपचार गर्न आउँछ भन्ने छैन । विभिन्न बिरामीमा रोगको कारण तथा लक्षण फरक हुन्छ । सामान्यतया देखा पर्ने लक्षणहरूमा गर्दनको दुखाइ, गर्दन स्थिर रहनु वा चलाउन नमिल्नु, कहिलेकाहीँ घाँटी धेरै कम घुमाउन मिल्नु वा घुमाउनै नमिल्नु, रिंगटा लाग्नु, काँधमा दुख्नुका साथै अररो हुनु र एक वा दुवै हातको नसामा दुखाइ हुनु अनि हात वा औंलामा शून्यपन अनुभव हुनु हो । औंला चलाउनसमेत गाह्रो हुन्छ ।

कारण

कारण धेरै भए पनि सार भनेको अनियमित र अनियन्त्रित जीवनशैली नै हो । सुत्ने तरिका ठीक नहुनु, सधैं लचकदार ओछ्यानमा सुत्नु, आरामदायी सोफा, तथा गद्दामा घन्टौं बसिरहनु, अग्लो सिरानी (तकिया) प्रयोग गर्नु, खाट या सोफामा ढल्केर टीभी हेर्नु, घन्टौं कम्प्युटर, ल्यापटप चलाएर बसिरहनु, गलत ढंगले सिटमा बसेर सवारीसाधन चलाउनु, खुकुलो हेलमेट लगाउनु, धेरै निहुरेर बस्नु वा पढ्नु, पलङमा सुतेर पढनु, घन्टौं सिलाइबुनाइ वा जरी हाल्ने काम गर्नु, यस्ता व्यक्तिहरूलाई यो समस्या हुन्छ । शारीरिक शक्तिभन्दा अधिक बोझ उठाउँदा वा गठिया रोगबाट पीडित बिरामी र दुर्घटनामा चोटपटक लागेमा पनि गर्दन दुख्ने समस्या हुन्छ ।

यस्ता छ यस्ता सावधानका उपाय 

विपरीतकर्णी आसन
यो आसन गर्दा गर्दनको पछिल्लो भागलाई मालिश गरेको जस्तो फाइदा हुन्छ र थकान हट्छ अनि गोडा बाउँडिएको पनि ठीक हुन्छ । यो आसन गर्नका लागि ढाड पल्टाउनुस् ।  आफ्ना गोडाहरूलाई भित्ताको सहारामा माथि उचाल्नुस् ।आफ्ना हातहरू फैलाएर शरीरको दुवैतर्फ भुइँमा राख्नुस् अनि हत्केलालाई आकाशतर्फ खुला राख्नुस् ।  केही सेकेन्ड यस मुद्रामा रहँदै गहिरो सास फेर्नुस् र बिस्तारै सामान्य अवस्थामा आउनुस् ।

बालासन
यो आसनले गर्दनको पीडामा राहत दिन्छ र ढाडको पीडाबाट पनि मुक्त गर्छ । यो आसन गर्नका लागि योगा म्याटमा घुँडा टेकेर बस्नुस् । अब शिरलाई जमीनमा पु–याउने प्रयत्न गर्नुस् । आफ्ना हातहरूलाई शिर नजिक राख्दै अगाडितर्फ सीधा राख्नुस् । त्यतिखेर तपाईंका हत्केलाले भुइँ छोएको हुनुपर्छ । नितम्बलाई घुँडातर्फ लगेर सास छोड्नुस् ।  यस स्थितिमा १५–२० सेकेन्डसम्म बस्नुस् र सामान्य स्थितिमा आउनुस् ।

मत्स्यासन
यो आसनले गर्दन र काँधका मांसपेशीलाई तनावमुक्त गराउँछ ।यसका लागि म्याटमा ढाड अड्याएर पल्टिनुस् ।अब आफ्ना कुहिनाको सहारामा शिर र शरीरलाई भुइँमा राख्नुस् अनि ढाडको माथिल्लो भाग र गर्दन चाहिँ भुइँबाट माथि उठाउनुस् ।आफ्ना हातहरूलाई सीधा गरेर पेटमा राख्नुस् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्