जीवनशैली

खाली पेटमा भुलेर पनि नखानुस् यी खानेकुरा

४ चैत्र २०७९, शनिबार ०६:५२
खाली पेटमा भुलेर पनि नखानुस् यी खानेकुरा

काठमाडौं । कतिपय खानेकुराहरुले हामीलाई फाईदा गर्ने भएपनि आवश्यकताभन्दा बढी वा कुबेला खाएको खानाले पेटमा खराबी हुनेमात्रै नभएर विष समान हुन्छ । हामीले खाना खाने समयको पनि ध्यान राख्नुपर्छ ।

बिहान कुन खाने बेलुका कुन खाने भन्ने जान्नुपर्छ । खाली पेटमा सेवन गर्न नहुने यी कुराहरु निम्न छन् :

काँचो गोलभेंडा
काँचो टमाटर स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ । तर, यसलाई एकबिहानै खाली पेटमा खानबाट बच्नुस् । किनकी यसमा रहेको अम्लले पेटमा रहेको ग्यास्ट्रोइंटस्टाइनल एसिडसँग रासायनिक प्रतिक्रिया गर्छ ।

केरा
केरा दूधसँग खायो भने वजन बढ्छ, तर यो खाली पेटमा खानु फाईदाजनक हुँदैन । किनकी यसबाट शरीरमा म्याग्निसियमको मात्रा दुई गुणा बढ्छ । शरीरमा रहेको क्याल्सियमसँग यसको रासायनिक प्रतिक्रिया हुन्छ । यसबाट अपच, पेट फुल्ने तथा एसिडको समस्या बढ्छ । त्यसैले केरा खाली पेटमा नखानु नै बेस ।

सोडा
ज्यादा कार्बोनेटका कारण एसिडको समस्या हुन्छ । खाली पेटमा सोडा खाँदा अम्लसँग मिलेर पेट दुख्ने समस्या बढ्न सक्छ । यसका अलावा छाति र आँतमा पनि जलन हुनसक्छ ।

सखरखण्ड
सखरखण्ड खानमा निकै मिठो किन नहोस्, तर यो खाली पेटमा खाँदा कत्ति पनि फाइदा गर्दैन । सखरखण्डमा टेनिन र पेक्टिन पाइन्छ, जसलाई खाली पेटमा खाँदा ग्यास्ट्रिकको समस्या बढ्छ । यसले जलन र पेट फुल्ने समस्या पनि निम्त्याउँछ ।

दूध हालेको चिया
बिहान उठेर चिया पिउनु त नेपालीको संस्कारजस्तै नै भइसक्यो । तर, तपाईं एकबिहानै खाली पेटमा दूध हालेको चिया खानुहुन्छ भने होसियार रहनुस् । यसले तपाईंको पेटमा ग्याँस्ट्रिकको समस्या बढाउँछ । एकबिहानै चिया पिउनै पर्यो भने पनि दूध नहालेको चिया पिउनु बेस हुन्छ ।

अल्कोहल
पहिलो कुरा त खाली पेटमा अल्कोहल खाँदा छिट्टैनै नशा लाग्छ । अर्कोतर्फ यसले आँतमा पनि निकै नराम्रो असर पुर्याउँछ । त्यसैले बिहान केही नखाइकन रक्सीसहित अल्कोहलजन्य पदार्थ नखाएकै बेस ।

औषधि
केहीलाई छोडेर प्राय औषधि खानापछि नै खाइन्छ । यसको कारण हो, औषधिमा रहेको तत्व शरीरभित्र रहेका तत्त्वहरुसँग सिधै मिलेर रासायनिक प्रतिक्रिया नहोस् । यदि यस्तो भयो भने यसले ठूलै समस्या पनि निम्ताउन सक्छ । त्यसैले तपाईंले कुनै औषधि सेवन गर्दै हुनुहुन्छ भने डाक्टरसँग अवश्य सल्लाह लिनुस् ।

प्रतिक्रिया दिनुहोस्