४ चैत्र, काठमाडौं। स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले आगामी आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने भएको छ।
शनिवार पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले मेघगर्जन, चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन आवश्यक तयारी गरी सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मानन्धरका अनुसार अहिले भने देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाले जारी गरेको मौसम विवरणअनुसार शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आइतवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । आइतवार पहाडी भूभागका केही स्थानहरू तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सोमवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
सोमवार राति देशभर आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । मधेश प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।