जीवनशैली

छालाका डल्ला हटाउने घरेलु उपाय

२१ मंसिर २०७८, मंगलवार १५:०२
छालाका डल्ला हटाउने घरेलु उपाय

काठमाडौं:  मान्छेको शरीरमा आउने स-साना डल्ला हटाउने उपायबारे सायदै सुन्नुभएको होला । शरीरमा जति डल्ला भएपनि अब भने यिनलाई हटाउने घरेलु उपायहरु पत्ता लागेको छ । हुन त यी डल्लाले शरीरलाई खासै हानी गर्दैनन् तर, सौन्दर्य विगारेको हुनाले अब घरमा बसेर सजिलैसँग डल्ला हटाउन सकिन्छ ।

सौन्दर्यलाई भने यिनीहरूले बिगार्छन् । सौभाग्यवश, यस्ता डल्ला घरै बसेर हटाउन सकिन्छ । चुक अमिलोले यी डल्ला हटाउन मद्दत गर्छन् । एप्पल साइडर भिनेगर स्याउबाट बनेको चुक अमिलोले सजिलै डल्ला हटाइदिन्छ ।

यसका लागि तपाईंले कपास चु’क अमिलोमा डुबाउनुस् । त्यसपछि यसलाई छालाका डल्लामा दिनको दुईतीनचोटि घोट्नुस् । यो प्रक्रिया दिनदिनै दोहो(याउनुभयो भने डल्लाको रंग परिवर्तन हुन्छ र आफैं झरेर जान्छ । यसो हुन लगभग एक हप्ता लाग्छ (अलिक बढी पनि लाग्न सक्छ) । त्यसैले धैर्य गर्नु जरूरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्