४ चैत्र, काठमाडौं। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान तोशाखाना मुद्दामा आज अदालतमा हाजिर हुने भएका छन् । यस मुद्दामा उनीविरुद्ध गैर जमानती वारेन्ट जारी गरिएको थियो । उनलाई १८ मार्चमा अदालतमा उपस्थित हुन भनिएको थियो ।
त्यसपछि उनलाई १८ मार्चमा अदालतमा हाजिर हुन भनिएको थियो। मुद्दाको सुनुवाइ गर्ने ठाउँ पनि परिवर्तन भएको छ भने सुनुवाइ इस्लामाबादको सत्र अदालतको सट्टा न्यायिक कम्प्लेक्समा हुने बताइएको छ।
तेहरिक–ए–इन्साफ पार्टीका प्रमुखले आफ्नो सुरक्षाको बारेमा चिन्ता व्यक्त गरेका थिए। यसैलाई उद्धृत गर्दै उनले अदालतमा उपस्थित हुन नसक्ने बताए। यसैलाई मध्यनजर गर्दै सुनुवाइको स्थान परिवर्तन गरिएको हो।
उता खानलाई लाहौर उच्च अदालतले नाै मुद्दामा सुरक्षात्मक जमानत पनि दिइएको छ । उनका कानुन व्यवसायीले अदालतसँग भनेका थिए, ‘यदि उनलाई १५ दिन दिइयो भने सबै मुद्दामा हाजिर हुने कोसिस गर्नेछन् ।’ अदालतले खानलाई २८ मार्चसम्मका लागि बेल दिएको छ ।