मंगलबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले महाधिवेशनको नेतृत्वका लागि साझा उम्मेदवार भोलीसम्म तय गरी सार्वजनिक गर्ने निर्णय गरेको हो । आजै सहमतिको प्रयास भएपनि सहमति नजुटेपछि भोलिसम्मको भाखा राखिएको हो ।
त्यसका लागि आजको बैठकमा सहमतिको नजिक पुगिएको पनि उनले दावी गरे । वरिष्ठ नेता पौडेलले भने, ‘नेपाली काँग्रेसको रुपान्तरण चाहने विचार समूहको बीचमा हामी साथीहरुले आज विभिन्न कोणबाट छलफल गर्यों । हामी सहमतीको निकै नजिक पुगेका छौं । हाम्रो निर्णय भोलिसम्ममा केही प्रक्रिया पूरा गरेर बाहिर आउँछ ।
मंगलबार सभापतिका आकांक्षीहरू र केन्द्रीय सदस्यबीच भएको छलफलले निर्णय निकाल्न नसकेको स्रोतले बतायो। बैठकमा सहभागीले सकेसम्म छिटो सर्वसम्मत सभापतिको उम्मेदवार छान्नेबारे छलफल केन्द्रित रहेको बताए।
कांग्रेस महाधिवेशनमा सभापति शेरबहादुर देउवाले पुन: आफ्नो उम्मेदवारी दोहोर्याउने भएका छन्। वरिष्ठ नेता पौडेलबाट प्रकाशमान सिंह, शेखर कोइराला र महामन्त्री शशांक कोइरालाले सभापतिमा दाबी गरिरहेका छन्।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन यही मंसीर २४ गतेबाट काठमाडौंमा सुरु हुँदैछ ।