समाचार

सुर्खेत उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौं नै फर्काइयो

४ चैत्र २०७९, शनिबार ०५:३६
सुर्खेत उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौं नै फर्काइयो

४ चैत्र, सुर्खेत । इन्डिकेटरमा समस्या देखिएपछि काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरको जहाज सिमरा माथिको आकाशबाट फर्किएको छ ।

बुद्ध एयरका अनुसार एन एएमडी नामक ७२ सिट क्षमताको एटीआर जहाजमा उड्दा उड्दै इन्डिकेटरमा समस्या देखाएको हो । अहिले काठमाडौंमै अवतरण गरेर जहाजको चेक जाँच भइरहेको बताइएको छ । उक्त जहाज सिमराको आकाशबाट फर्किएको हो ।

कुनैै प्रविधिले काम नगरेको वा जहाज उडानमा कुनै जोखिम नभए पनि सामान्य इन्डिकेटरको समस्यामा पनि जहाज फर्काएर निरीक्षणका लागि काठमाडौं नै ल्याइएको बुद्ध एयरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्