३ चैत्र, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई दिएका छन् । प्रधानमन्त्री दाहालले आज सामाजिक सञ्जालमार्फत उपराष्ट्रपति यादवलाई बधाई तथा शुभकामना दिए ।
‘नेपालको उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा सम्माननीय रामसहायप्रसाद यादवलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु’, प्रधानमन्त्री दाहालले भनेका छन् ।
मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि आज भएको मतदानमा उनी आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झालाई पराजित गरी निर्वाचित भएका हुन् ।
पूर्वमन्त्रीसमेत रहेका यादवलाई जनता समाजवादी पार्टी (जसपा) नेपालसहित नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत सत्तागठबन्धन दलहरूको साथ थियो ।