पत्रपत्रिका

स्ववियु निर्वाचनको मौन अवधि शुरू : ९ आंगिक क्याम्पसमा निर्वाचन स्थगित

३ चैत्र २०७९, शुक्रबार ०४:१६
स्ववियु निर्वाचनको मौन अवधि शुरू : ९ आंगिक क्याम्पसमा निर्वाचन स्थगित

३ चैत्र, काठमाडौं। त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६२ आंगिक क्याम्पसमध्य उपत्यकासहित देशभरका ९ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । चैत ५ गते हुने ५३ वटामा मात्र स्ववियु निर्वाचन हुने भएको छ ।

त्रिवि केन्द्रीय निर्वाचन तथा अनुगमन समितिका सदस्य सचिव त्रिवि एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा पशुपति अधिकारीले उपत्यकाको ५ र उपत्यका बाहिरका ४ गरी ९ वटा आंगिक क्याम्पसमा निर्वाचन स्थगित हुने जानकारी दिए । उनका अनुसार काठमाडौंको विश्वभाषा, त्रिचन्द्र र रत्नराज्य क्याम्पसका साथै ललितपुरको पाटन संयुक्त र कीर्तिपुरको केन्द्रीय आयुर्वेद क्याम्पसको मतदान स्थगित भएको हो ।

उपत्यकाबाहिर सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगर, धौलागिरि क्याम्पस वाग्लुङ र पृथ्वीनारायण क्याम्पस पोखरा, पोखरा वन क्याम्पस गरी चार वटामा निर्वाचन स्थगित भएको छ ।

नेविसंघका वागी र विद्यार्थी संगठनबीच आन्तरिक द्वन्द्वका कारण ती क्याम्पसमा निर्वाचन स्थगित भएको हो । काठमाडौंको मीनभवन र वीरगञ्जको ठाकुरराम क्याम्पसमा पनि स्थगित हुने सम्भावना छ । त्रिविले ती क्याम्पसमा प्रकृया शुरू भएको बताएपछि विद्यार्थी संगठनबीच समझदारी नभएका कारण समस्या बढेको हो । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्