समाचार

रास्वपाको बैठक स्थगित

३ चैत्र २०७९, शुक्रबार ०३:३३
रास्वपाको बैठक स्थगित

३ चैत्र, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ ।

उपराष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्ने भन्नेबारे निर्णय लिनका लागि शुक्रबार रास्वपाले पदाधिकारी र संसदीय दलको संयुक्त बैठक तय गरेको तर उपराष्ट्रपति निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै बैठक स्थगित गरिएको पार्टी प्रवक्ता मुकुल ढकालले बताए ।

आज १० बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ । जसपाका रामसहायप्रसाद यादव, एमालेकी अष्टलक्ष्मी शाक्य र  जनमतकी ममता झा  उपराष्ट्रपतिको प्रतिस्पर्धामा छन् । जसपाबाट उम्मेदवारी दिएकी  प्रमीला कुमारी यादवले रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेकी छन् ।

रास्वपाले राष्ट्रपतिमा सत्ता गठबन्धनको उम्मेदवारलाई सहयोग गरेकोले उपराष्ट्रपतिमा पनि गठबन्धनकै उम्मेदवारलाई सघाउन सकारात्मक रहँदै आएको थियो । यसअघि राष्ट्रपति निर्वाचनमा रास्वपाले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्