समाचार

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगितप्रति विद्यार्थी नेता हिक्मत सिंहले घोर आपत्ति

२ चैत्र २०७९, बिहीबार १४:५५
मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगितप्रति विद्यार्थी नेता हिक्मत सिंहले घोर आपत्ति

२ चैत्र, कालिकोट । मध्यपश्चिम विश्वविद्यालयले सबै आंगिक क्याम्पसका स्ववियु निर्वाचन स्थगित गरेको छ। चैत्र ३ गते (भोलि) हुने भनिएको स्ववियु निर्वाचन स्थगितप्रति विद्यार्थी नेता हिक्मत सिंहले घोर आपत्ति बताएका छन् ।

मध्यपश्चिम विश्वविद्यालयले निर्वाचन सम्पन्न गर्न सहज वातावरणका लागि सम्पूर्ण विद्यार्थी संघसंगठनहरुसँग आवश्यक छलफल एवं परामर्श गरी उपयुक्त मिति तोकेर निर्वाचन गर्ने सूचनामा उल्लेख गरेको छ।

May be an image of 9 people, people standing and outdoors

यस्तै मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत कालिकोट स्थित तिला कर्णाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा उम्मेदवार दिएका हिक्मत सिंहले निर्वाचन स्थगितप्रति आफ्नो घोर आपत्ति रहेको जनाएका छन् ।

विद्यार्थीका हक हित र क्याम्पस प्रशासनका लागि सधै लागि पर्ने र भौतिक संरचना र प्रतिबद्धता गरेका एजेन्डा कार्यनयनका लागि सक्रिय भुमिकामा रहेनेसमेत नेता हिक्मत सिंहले बताएका छन्।

उनले भने भोलिको लागि मतदान गर्ने भनेर बिभिन्न ठाउँबाट सदरमुकाम मान्म आइसकेका थिए । कोहि आधि वाटोसम्म आइसकेका थिए । तर मध्यपश्चिम विश्वविद्यालय प्रशासनले गरेकाे गैरजिम्मेवार निर्णय प्रति घाेर आपत्तिजनक रहेको सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्