खेलकुद

लिङ्गखेप र सृजल पोख्रेललाई खुला ब्याडमिटनको उपाधि

२ चैत्र २०७९, बिहीबार ०३:०९
लिङ्गखेप र सृजल पोख्रेललाई खुला ब्याडमिटनको उपाधि

२ चैत, झापा । बिर्तामोडमा सञ्चालन भएको चौथो कोसी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिताको खुलातर्पmको उपाधि  सङ्खुवासभाका पबिन लिङ्गखेप र सृजल पोख्रेलको जोडीले जितेको छ ।

लिङ्गखेप र पोख्रेलको जोडीले भोजपुरका विशाल तामाङ र निश्चल खत्रीको जोडीलाई २५–२३ र २६–२४ को सोजो सेटमा हराएको हो । जितसँगै लिङ्गखेप र पोख्रेलको जोडीले रु ५० हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । तामाङ र खत्रीको जोडीले रु ३० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गरे ।

झापा । बिर्तामोडमा सञ्चालन भएको चौथो कोसी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिताको खुलातर्पmको उपाधि  सङ्खुवासभाका पबिन लिङ्गखेप र सृजल पोख्रेलको जोडीले जितेको छ । लिङ्गखेप र पोख्रेलको जोडीले भोजपुरका विशाल तामाङ र निश्चल खत्रीको जोडीलाई २५–२३ र २६–२४ को सोजो सेटमा हराएको हो ।

जितसँगै लिङ्गखेप र पोख्रेलको जोडीले रु ५० हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । तामाङ र खत्रीको जोडीले रु ३० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गरे । बिर्तामोडका श्रीकृष्ण खड्का र राम अवतार घिमिरेको जोडी तथा सुनसरीका श्याम लामा र भजनलाल चौधरीको जोडी सो स्पर्धाहमा तेस्रो भयो ।

उनीहरुले रु सात हजार पाँच सय प्राप्त गरे । लायन्स क्लब अफ अनारमनी र लायन्स क्लब अफ बिर्तामोडको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा कोसी प्रदेशका ८६ खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्