बिबिध

बाटोमा भेटेको पैसा टिप्ने कि छाड्ने ?

२ चैत्र २०७९, बिहीबार ०२:३४
बाटोमा भेटेको पैसा टिप्ने कि छाड्ने ?

काठमाडौं। तपाइँले बाटोमा हिडिरहेको बेलामा पैसा भेट्नु भएको छ ? टिप्नु पनि भएको होला ? यस्तो पैसा भेट्नुलाई कतिले शुभ र कतिपयले अशुभको रुपमा लिने गरेका छन् । भेटिएको पैसालाई कसैले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने गरेका छन् ।

तर के बाटोमा भेटिएको पैसा टिप्नु हुन्छ त ?

  • कतिपयले बाटोमा भेटिएको पैसालाई शुभ मान्दछन् भने केहिले यसलाई अशुभको प्रतिक मान्दछन् । हिन्दु धर्ममा धनलाई लक्ष्मीका रुपमा मान्ने गरिन्छ ।
  • यसर्थ अप्रत्याशित रुपमा पाइने पैसा अर्थात धनलाई लक्ष्मीको रुप ठानेर राम्रो मानिने गरिन्छ । तसर्थ केहिले बाटोमा भेटिएको पैसालाई लक्ष्मी कृपा मान्दछन् ।
  • त्यस्तै कतिपय मानिस बाटोमा भेटिएको पैसालाई अशुभ मान्दछन् । उनीहरुको मान्यता अनुसार बाटो अर्थात जमिनमा भेटिएको पैसा जो व्यक्तिको हातमा पुग्दछ यसले हानि गराउँछ ।
  • तसर्थ यसलाई टिप्नु हुदैन । यदि बाटोमा भेटिएको पैसा टिप्यो भने शरीरमा भएको उर्जा सो पैसाको माध्यमबाट जति जति एकबाट अर्काे ब्यक्तिमा पैसा जान्छ त्यति नै उर्जा घट्दै जान्छ । त्यसैले उनीहरु यसरी भेटिएको पैसा लिन नहुने तर्क गर्दछन् ।
  • जो व्यक्तिले भेटिएको सिक्का आफ्ना हातमा लिन्छ उसको शरीरको उर्जा त्यस सिक्काको माध्मबाट अर्को व्यक्तिसम्म पुग्छ । एक बाट अर्कोमा यो श्रृंखला बढ्दै जान्छ ।
  • हरेक व्यक्तिको उर्जा त्यस सिक्कामा पुग्ने गर्छ । र विस्तारै विस्तारै मानिसको उर्जा त्यस सिक्कामा संग्रह हुँदै जान्छ ।
  • चीनमा सिक्कालाई किनमेलको बस्तुमात्र नभएर गुडलकको रुपमा पनि हेरिन्छ भने, नेपाल र भारतमा धनलाई लक्ष्मीसँग जोडेर पनि हेरिने गरिएको छ । यसर्थ अप्रत्याशित रुपमा पाइने पैसालाई राम्रो मानिने गरिएको छ ।
  • यसको सम्बन्ध परलौकिक शक्तिकासाथ पनि छ । सिक्काको माध्यमबाट तपाईलाई यस्तो जानकारी दिन चाहन्छ कि तपाई स्वयंलाई कम नआक्नुहोस् । यदी तपाईले आफ्नो आत्मविश्वास गुमाउनु भएको छ भने त्यसलाई जीवित गर्ने कोसिस गर्नु भन्ने संकत प्रदान गर्छ ।

त्यसो भए बाटोमा भेटिएको पैसालाई के गर्ने ?
यदि बाटोमा हिड्दा बाटोमा पैसा भेटियो भने मानवियता र ब्यवहारीकताका आधारमा जसले त्यो पैसा हरायो त्यसको खोजि गरी भेटेर फर्काउनु परोकार हुन्छ ।

जुन पैसा आफ्नो होइन त्यसबारे लोभ पाल्नु उपयुक्त हुदैन । यदि हराउने ब्यक्तिको पहिचान गर्न सकिएन भने यसको जानकारी सामाजिक सञ्जाल लगायत अन्य माध्यमबाट दिएर उसलाई फर्काउने प्रयाश गर्न सकिन्छ ।

यदि त्यो पनि सम्भव नभए कुनै परोपकारी काम, दान वा धार्मिक काममा लगाउन सकिन्छ । यसमा पैसा भेट्ने मानिसको नियत र स्वभाव नै मुख्य मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्