खेलकुद

आईसीसी विश्वकप: नेपाल र यूएईबीचको खेलका सबै टिकट बिक्री

१ चैत्र २०७९, बुधबार १६:२३
आईसीसी विश्वकप: नेपाल र यूएईबीचको खेलका सबै टिकट बिक्री

१ चैत, काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत चैत २ गते हुने नेपाल र यूएईबीचको खेलका सबै टिकट बिक्री भएका छन्।

लिग-२ को अन्तिम खेलमा विश्वकप क्वालिफायरका लागि नेपाल यूएईसँग प्रतिस्पर्धा गर्दै छ। यो खेल जितेमा नेपालले विश्वकप क्वालिफायर प्रतियोगिता खेल्न पाउनेछ। नेपाल र यूएईबीचको खेल चैत २ गते बिहान ९:३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

अन्तिम खेलका सबै टिकट चैत १ गते नै बिक्री भइसकेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। अन्तिम खेलमा दर्शकको संख्या अत्यधिक हुने भएकाले बालबालिका र वृद्धवृद्धालाई सुरक्षित तरिकाले घरमै प्रत्यक्ष प्रसारण हेर्न क्यानले आग्रह गरेको छ। यससँगै त्रिवि मैदानमा आउने दर्शकलाई पनि संयमित तरिकाले खेल हेर्न क्यानले अपील गरेको छ।

प्रतिक्रिया दिनुहोस्