१ चैत, कालिकोट। मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत कालिकोट स्थित तिला कर्णाली बहुमुखी क्याम्पसमा चैत ३ गते अर्थात् पर्सि शुक्रबारबाट निर्वाचन हुने भएको छ ।
तिला कर्णाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा हिक्मत सिंहले आफ्नो उम्मदेवारी दर्ता गराएका छन्। संयुक्त विद्यार्थी संगठनको नेतृत्व हिक्मत सिंहले गरेका छन् । क्याम्पसमा नेविसंघ,अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूबीच तालमेल भएको छ।
क्याम्पसको प्रशासनिक अस्तव्यस्ततालाई दीर्घकालीन समाधान खोज्नेछु । यसैगरी, मूल्यांकनका आधारमा छात्रवास र छात्रवृत्ति वितरण प्रणाली लागु गर्ने समेत प्रतिबद्धता गर्दछु । गरिब तथा जेहेनदार विद्यार्थीलाई दृष्टिगत गर्दै छात्रवास र छात्रवृत्ति वितरण गरिनुका साथै छात्रवास र छात्रवृत्ति स्तरोन्नति गर्न ढिलाइ गर्ने छैन ।
सभापतिका उम्मदेवार हिक्मत सिंहले ८ वटा प्रतिबद्धता पुरा गर्ने विद्यार्थीलाई बताएका छन् । उनले गरिव, दलित, महिला, जनजाति तथा विपन्न विद्यार्थीहरुका लागि छात्रवृत्तिको अनिवार्य व्यवस्था गर्ने, क्याम्पसमा प्रयाप्त खेलकुद तथा शैक्षिक सामाग्रीहरुको उचित व्यवस्थापन गरिने र खानेपानी व्यवस्थित शौचालय क्याम्पसलाई आवश्यक पर्ने भौतिक संरचना निर्माण गर्ने लगायतका प्रतिबद्धता आफुले जिते पछि पुरा गर्ने बताएका छन् ।
यस्ता छन् हिक्मत सिंहका प्रतिबद्धता: