समाचार

यस्ता छन् स्ववियु सभापतिका उम्मेदवार हिक्मत सिंहका प्रतिबद्धता

१ चैत्र २०७९, बुधबार १६:०२
यस्ता छन् स्ववियु सभापतिका उम्मेदवार हिक्मत सिंहका प्रतिबद्धता

१ चैत, कालिकोट। मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत कालिकोट स्थित तिला कर्णाली बहुमुखी क्याम्पसमा चैत ३ गते अर्थात् पर्सि शुक्रबारबाट निर्वाचन हुने भएको छ ।

तिला कर्णाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा हिक्मत सिंहले आफ्नो उम्मदेवारी दर्ता गराएका छन्। संयुक्त विद्यार्थी संगठनको नेतृत्व हिक्मत सिंहले गरेका छन् । क्याम्पसमा नेविसंघ,अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूबीच तालमेल भएको छ।

क्याम्पसको प्रशासनिक अस्तव्यस्ततालाई दीर्घकालीन समाधान खोज्नेछु । यसैगरी,  मूल्यांकनका आधारमा छात्रवास र छात्रवृत्ति वितरण प्रणाली लागु गर्ने समेत प्रतिबद्धता गर्दछु । गरिब तथा जेहेनदार विद्यार्थीलाई दृष्टिगत गर्दै छात्रवास र छात्रवृत्ति वितरण गरिनुका साथै छात्रवास र छात्रवृत्ति स्तरोन्नति गर्न ढिलाइ गर्ने छैन ।

सभापतिका उम्मदेवार हिक्मत सिंहले ८ वटा प्रतिबद्धता पुरा गर्ने विद्यार्थीलाई बताएका छन् । उनले गरिव, दलित, महिला, जनजाति तथा विपन्न विद्यार्थीहरुका लागि छात्रवृत्तिको अनिवार्य व्यवस्था गर्ने, क्याम्पसमा प्रयाप्त खेलकुद तथा शैक्षिक सामाग्रीहरुको उचित व्यवस्थापन गरिने र खानेपानी व्यवस्थित शौचालय क्याम्पसलाई आवश्यक पर्ने भौतिक संरचना निर्माण गर्ने लगायतका प्रतिबद्धता आफुले जिते पछि पुरा गर्ने बताएका छन् ।

यस्ता छन् हिक्मत सिंहका प्रतिबद्धता:

( प्राविधिक शिक्षा संचालनका लागि हाम्रो उम्मेदवारी )
१. गरिव, दलित, महिला, जनजाति तथा विपन्न विद्यार्थीहरुका लागि छात्रवृत्तिको अनिवार्य व्यवस्था गर्ने ।
२. क्याम्पसको वर्तमान शुल्कको दरलाइ न्यायपुर्ण ढंगले घटाउदै विद्यार्थीहरुलाइ आंगकि क्याम्पसमा अध्ययन गरेको अनुभुति दिलाउने छौं ।
३. क्याम्पसको वर्तमान पुस्तकालयको अवस्थालाइ सुधार गर्दै यसलाइ डिजीटल स्वरुपमा विकास गर्दै ई- लाईवेरि सवै विद्यार्थीलाइ सहज रुपले प्रयोगको व्यवस्था मिलाउने छौं ।
४. क्याम्पसमा पढ्न आउने विभिन्न दुर्गम गाउँवस्तीका विपन्न विद्यार्थीहरुलाइ सहज रुपमा अध्ययनको वातावरण निर्माण गर्न क्याम्पसमा छात्रावास निर्माणको सार्थक पहल गर्ने छौं ।
५. क्याम्पसमा खानेपानी, चर्पी, डेस्क वेन्च, र कक्षा कोठाको उचित व्यवस्थापन र विकासका लागि तत्काल काम सुरु गराउन शसक्त पहल गर्ने छौं ।
६. क्याम्पसमा प्रयाप्त खेलकुद तथा शैक्षिक सामाग्रीहरुको उचित व्यवस्थापन गरिने छ ।
७ . खानेपानी व्यवस्थित शौचालय क्याम्पसलाई आवश्यक पर्ने भौतिक संरचना निर्माण गर्ने
८ . क्याम्पसमा गुणस्तरीय, नियमित तथा व्यवहारिक शिक्षण सिकाइका लागि आवस्यक पुर्वाधार निर्माण तथा सहजीकरणका सवै कामहरु गर्ने प्रतिबद्धता गर्दछौ ।

प्रतिक्रिया दिनुहोस्