खेलकुद

‘ए’ डिभिजन लिगमा आज तीन खेल

१ चैत्र २०७९, बुधबार ०३:१४
‘ए’ डिभिजन लिगमा आज तीन खेल

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेलहरु हुँदैछन् । आज लिगको चौंथो चरण अन्तर्गतको खेलहरु हुन लागेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा संकटा क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिष्पर्धा हुनेछ। संकटा र चर्च ब्वाइजबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ।

संकटा दोस्रो जितको खोजीमा हुनेछ । तीन खेलबाट चार अंक जोडेर संकटा आठौँ स्थानमा छ । नवप्रवेशी चर्च ब्वाइज लगातार चौथो जितको खोजीमा हुनेछ । तीन खेलबाट नौ अंक जोडेर चर्च ब्वाइज शीर्ष स्थानमा छ ।

आज काठमाडौंको दशरथ रंगशालामा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र फ्रेन्ड्सबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

सतप्रतिश जित निकालेको चर्च ब्वाइज ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ७ अंक जोडेको जावलाखेल अंकलातिकाको तेस्रो स्थानमा रहेको छ ।

संकटा ४ अंकसहित आठौं स्थानमा रहँदा फ्रेन्ड्स १ अंकसहित १२ औं स्थानमा रहेको छ । त्यस्तै मछिन्द्र ३ खेलमा १ अंक जोडेर १३ औं स्थानमा रहेको छ भने पुलिस पहिलो अंकको खोजीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्