समाचार

मंगलबारकाे माैसम :चट्याङसहित हल्का वर्षा हुने

१ चैत्र २०७९, बुधबार ०२:१६
मंगलबारकाे माैसम :चट्याङसहित हल्का वर्षा हुने

१ चैत, काठमाडौं। जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ । पहाडी र तराईका केही भागमा हल्का वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज राति कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले अहिले बिहान गण्डकी तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रहेको छ। यस्तै भोलि (बिहीबार) देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भेगका केही स्थानहरू तथा तराई भेगका थोरै स्थानहरुमा अपराह्नतिर मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शुक्रबार आंशिकदेखि सामान्य बदली भइ पहाडी भेगका केही स्थानहरू तथा तराईका एक-दुई स्थानमा मेघगर्जन/ चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्