समाचार

नेपालमा फेरि लकडाउन हुन्छत, यस्तो भन्छ स्वास्थ्य मन्त्रालय

२० मंसिर २०७८, सोमबार १५:२४
नेपालमा फेरि लकडाउन हुन्छत, यस्तो भन्छ स्वास्थ्य मन्त्रालय

२० मंसिर, काठमाडौं : नेपालमा दुईजनामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण पुष्टि भएसँगै सर्वसाधारण त्रसित बनेका छन्। फेरि लकडाउन हुने अफवाह चारैतिर फैलिएको छ।

नयाँ भेरिएन्टको संक्रमण पुष्टि भएसँगै नियन्त्रण तथा रोकथामको लागि सरकारले सुस्तरुपमा तयारी गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सह–प्रवक्ता डा. समीकुमार अधिकारीले तत्काल लकडाउन गर्ने वा नगर्नेबारे कुनै निर्णय नभएको बताए ।

अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरुमा यात्रुहरुको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगेटिभ पीसीआर रिपोर्ट तथा खोपको विवरण अनिवार्य गरिएको र लक्षण देखिएका शंकास्पद सबै यात्रुहरुको एन्टीजेन परीक्षण गर्ने गरिएको मन्त्रालयले जनाएको छ।

लक्षण देखिएका शंकास्पद सबै यात्रुहरुको एन्टिजेन परीक्षण गर्ने गरिएको मन्त्रालयले जनाएको छ। एन्टिजेन परीक्षणमा पोजेटिभ फेला परेकाहरु थप नमूना संकलन गरी पीसीआर गर्ने र शंकास्पद नमूनाको जीन सिक्वेन्सिङ गर्ने गरिएको अधिकारीले जानकारी दिए।

सरकारले तेस्रो लहरको सम्भावित जोखिमबाट बच्न के गर्छ ? के फेरि लकडाउन वा निषेधाज्ञा हुन्छ ? भन्ने प्रश्नमा अधिकारीले अहिलेको अवस्थामा मन्त्रालयले लकडाउन गर्ने वा नगर्नेबारे कुनै छलफल वा निर्णय नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्