समाचार

जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते, चालक फरार

२० मंसिर २०७८, सोमबार १५:१०
जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते, चालक फरार

रुकुम – रुकुम पश्चिमको जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

बाँफिकोट गाउँपालिका–२, को पिपलबाट मुसीकोट नगरपालिका–१, घिमानेतर्फ जाँदै गरेको ग १ ख २१०९ नम्बरको बस सडकबाट चिप्लिएर दुर्घटना भएको छ ।

मुसीकोट नगरपालिका–२, स्थित बरेली बजारमा बस चिप्लिएर दुर्घटना हुँदा २५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उद्धार गरि अस्पताल लगिएको प्रहरीको भनाइ छ ।  दुर्घटनापछि बसका चालक भने फरार छन् ।

प्रतिक्रिया दिनुहोस्