२७ फागुन, काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको १० दलीय गठबन्धनमा रहेका तीन दलबीच कार्यगत एकता गर्ने सहमती भएको छ।
लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी(नाउपा)बीच कार्यगत एकता गर्ने सहमती भएको हो। आज बसेको तीन दलको साझा बैठकले कार्यगत एकता गर्ने घोषणा गरेको बताइएको छ।
सहमतिपत्रमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका सीके राउत र नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हस्ताक्षर गरेका छन् । तीन दलको यो सहमतिले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीविरुद्ध मोर्चाबन्दीको सन्देश दिएको छ ।
उपराष्ट्रपति निर्वाचनका लागि पनि जसपा र जनमत पार्टीबाट उम्मेदवारी दर्ता भएको छ । यद्यपि दुवै दल १० दलीय गठबन्धनमा सहभागी छन् । जसपाबाट दुईजनाले उम्मेदवारी दिएका छन् ।