समाचार

तिला कर्णाली बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा हिक्मत सिंह

२७ फाल्गुन २०७९, शनिबार १२:४४
तिला कर्णाली बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा हिक्मत सिंह

कालिकोट : कालिकोट स्थित तिला कर्णाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा हिक्मत सिंहले उम्मदेवारी दर्ता गराएका छन्।

संयुक्त विद्यार्थी संगठनको नेतृत्व हिक्मत सिंहले गरेका छन् । मध्यपश्चिम  विश्वविद्यालय आगामी चैत ३ मा हुन लागेको स्ववियु निर्वाचनमा क्याम्पसमा मित्रवत प्रतिस्पर्धा गर्नेगरी क्याम्पसमा नेविसंघ,अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूबीच तालमेल गर्ने सहमति भएको छ।

स्ववियु सभापतिमा अनेरास्ववियु(क्रान्तिकारी) बाट हिक्मत सिंह, सचिवमा नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट खगेन्द्र पाण्डे र कोषाध्यक्षमा  अनेरास्ववियूबाट दिपा शाहीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

तिला कर्णाली बहुमुखी क्याम्पस स्ववियुका उम्मदेवारी सभापतिमा हिक्मत सिंह भने आफुले जितेर भने “आफ्नो कार्यकालमा मैले गर्नुपर्ने कार्ययोजना बनाएकी छु । सर्वप्रथम तिला कर्णाली क्याम्पसलाई छुट्टै शैक्षिक, प्राज्ञिक र अध्ययन अनुसन्धान थलो बनाउन प्राथमिकतामा राखेकी छु ।

त्यतिमात्रै होइन, क्याम्पसको प्रशासनिक अस्तव्यस्ततालाई दीर्घकालीन समाधान खोज्नेछु । यसैगरी,  मूल्यांकनका आधारमा छात्रवास र छात्रवृत्ति वितरण प्रणाली लागु गर्ने समेत प्रतिबद्धता गर्दछु । गरिब तथा जेहेनदार विद्यार्थीलाई दृष्टिगत गर्दै छात्रवास र छात्रवृत्ति वितरण गरिनुका साथै छात्रवास र छात्रवृत्ति स्तरोन्नति गर्न ढिलाइ गर्ने छैन ।

त्यस्तै, स्ववियु सभापति पदमा एमाले निकट अनेरास्ववियुको तर्फबाट सर्मिला शाहीले उम्मदेवारी दर्ता गराएकी छन्।

प्रतिक्रिया दिनुहोस्