खेलकुद

पुलिसको लगातर तेस्रो हार, संकटा ३-० ले विजयी

२७ फाल्गुन २०७९, शनिबार ११:४२
पुलिसको लगातर तेस्रो हार, संकटा ३-० ले विजयी

२७ फागुन, काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत संकटा क्लबले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

च्यासल मैदानमा शनिबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-० गोलअन्तरले पराजित गर्दै संकटाले पहिलो जित हात पारेको हो ।संकटाका लागि गणेश हमाल, रोहन पहारी र सुरज ठकूरीले एक-एक गोल गरे । गणेशले १२ औँ मिनेटमा गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । रोहनले ८० औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाउँदा सुरजले ८६ औँ मिनेटमा संकटाको जित सुनिश्चित गरे ।

संकटाको जितमा गणेश हमाल, रोशन पहारी र सुरज ठकुरीले एक एक गोल गरेका थिए । संकटाको यस सिजनमा यो पहिलो जित हो । यो जितपछि संकटाको तीन खेलमा ४ अंक भएको छ । त्यस्तै नेपाल पुलिस क्लबले भने लगातार तेस्रो खेलमा हार बेहोरेको छ ।

यता १० खेलाडीमा सिमित एपीएफ क्लबसँग जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेलेको छ । एपीएफका अडामा डोम्बियाले रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्