नेपाली चलचित्र

‘द भ्वाइस किड्स सिजन २’ भोलिदेखि प्रसारण

२५ फाल्गुन २०७९, बिहीबार १६:४३
‘द भ्वाइस किड्स सिजन २’ भोलिदेखि प्रसारण

२५ फागुन, काठमाडौं । गायनमा आधारित रियालिटी शो ‘द भ्वाइस किड्स सिजन २’ को प्रसारण फागुन २६ गते शुक्रवारदेखि प्रारम्भ हुने भएको छ ।

बिहिबार काठमाडौंमा आयोजित भ्वाइस अफ किड्सको औपचारिक शुभारम्भ कार्यक्रममार्फत आयोजकले भोलि शुक्रवारदेखि हिमालय टेलिभिजमा हरेक शुक्रबार र शनिबार राति ८ बजेदेखि यो कार्यक्रम प्रसारण हुने जानकारी दिएको हो ।

पत्रकारहरुसंग कुराकानी गर्दै गायक तथा कोच प्रमोद खरेलले कार्यक्रम दर्शक भएर हेर्दा धेरै नै मनोरञ्जनात्मक बनेको बताएका छन् ।
उनले भने – ‘यति धेरै कलाहरुको खुबी रहेछ । साना नानीहरु धेरै नै प्रतिभाशाली रहेछन् । दर्शकको रुपमा निकै नै मनोरञ्जनात्मक रहेको छ ।’

कार्यक्रममा गायक राजु लामाले कोचको रुपमा सहभागिता जनाउनका लागि कार्य व्यस्तताका कारण सहभागी नहुने बताएपछि नयाँ कोचका रुपमा गायक सुशान्त केसीलाई शोमा भित्र्याइएको बताइएको छ ।

अब यो कार्यक्रममा कोचका रुपमा प्रमोद खरेल, मिलन नेवार, प्रविशा अधिकारी र सुशान्त केसी रहने छन् ।

प्रतिक्रिया दिनुहोस्