२५ फागुन, काठमाडौं । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले गणतन्त्र नेपाल र पुरै माओवादी आन्दोलनलाई धरासायी पार्ने योजना अनुरुप प्रधानमन्त्री प्रचण्डमाथि मुद्दा लगाइएको बताएका छन् ।
बिहीबार राजधानीको संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस विषयमा सबै एकजुट भएर मुकाविला गर्नुपर्नेमा जोड दिए ।बास्तोलाले प्रचण्डमाथिको मुद्दा राजनीतिक भएको तर त्यसलाई व्यक्तिगत बनाई कानुनीरुपमा अगाडि ल्याएर माओवादी आन्दोलनलाई सखाप पार्ने कदमको विकास गर्न खोजेको आरोप लगाए ।
बास्तोलाले प्रचण्डमाथिको मुद्दा राजनीतिक भएको तर त्यसलाई व्यक्तिगत बनाई कानुनीरुपमा अगाडि ल्याएर माओवादी आन्दोलनलाई सखाप पार्ने कदमको विकास गर्न खोजेको आरोप लगाए ।
पछिल्लो विकसित घटनाका विरुद्ध मिल्नसक्ने जति सबै शक्तिहरु एकठाउँमा आउनु नै क्रान्तिकारिता हुने बताउँदै उनले भने,“प्रचण्डसँग हाम्रा आआफ्नै किसिमका विमति हुँदाहुँदै पनि हाम्रो धरातलमाथिको हमलालाई निस्तेज पार्न एकजुट हुनुको विकल्प छैन ।” यस्तै उक्त कार्यक्रममा नेकपा बहुमतका प्रवक्ता हेमन्त प्रकाश ओलीले पनि जनवादी संस्कृतिबारे आफ्नो धारणा राखेका थिए ।