२४ फागुन, भक्तपुर । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ ।
बुधबार भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डुस्थित बस्नेतको निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। बस्नेतलाई भेट्न मेयर बालेन गुण्डु पुगेका हुन्। निर्वाचनको समयमा राजनीतिक प्रतिस्पर्धा भए पनि विकास र समृद्धिका विषयमा सहयोग र समन्वय गर्नेबारे उनीहरूबीच छलफल भएको बताइएको छ।
यस्तै, मेयर बालेनले पुनर्निर्माण गरिएको अनन्तलिंगेश्वर मन्दिर, ऐतिहासिक अनन्त झुला (कुण्ड), निर्माणधीन राष्ट्रिय प्राणी उद्यान केन्द्रलगायत स्थानको अवलोकन समेत गरेका थिए।
उनीहरूबीच वर्तमान राजनीति, स्मार्ट सिटीलगायत १५ विषयमा छलफल भएको जनाइएको छ। बालेनले महानगरभित्रका अवैध संरचना भत्काउने अभियान चलाएको बेला बस्नेतले विरोध जनाएका थिए।