समाचार

महावै गाउँपालिकामा ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस दिवस मनाइयो

२४ फाल्गुन २०७९, बुधबार १४:१५
महावै गाउँपालिकामा ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस दिवस मनाइयो

२४ फागुन, कालिकोट । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कालिकोटको महावै गाउँपालिकामा विविध कार्यक्रम गरी नारी दिवस मनाइएको छ ।

“लैंगिक समानताको बलियो आधार सिर्जनात्मक प्रबिधि महिला पहुचको बिस्तार” भने मूल नाराको साथ महिलाहरुले गाउँ गाउँमा नारा लगाउदै महावैको पाद्मघाट बजारमा कार्यक्रम गरिएको थियो ।

उक्त कार्यक्रममा महावै गाउँपालिका खेम बहादुर सिंह (भिजन) सामाजिक शैक्षिक तथा निजी सङ्घ संस्था, वडा, नागरिक समाज तथा सबै सरोकारवाला निकायहरुको उपस्थित रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह (भिजन) ले नारी मुक्तिका लागि हरेक पुरुष प्रतिबद्ध हुनुपर्नेमा जोड दिए । महिला–पुरुष बरीबरी नभएसम्म समृद्ध राष्ट्र नबन्ने भन्दै भिजनले महिला अधिकारका लागि पुरुष जागरण पनि उत्तिकै अपरिहार्य रहेको बताए । साथै, ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा  शुभकामना समेत दिएका थिए ।

नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणका क्षेत्रमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहँदै आएको छ । महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको समेत गाउँपालिका अध्यक्ष भिजनले स्मरण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्