समाचार

देउवाद्धारा कांग्रेसका नवनिर्वाचित प्रदेश सभापतिहरुलाई बधाई

२० मंसिर २०७८, सोमबार १४:४४
देउवाद्धारा कांग्रेसका नवनिर्वाचित प्रदेश सभापतिहरुलाई बधाई

काठमाडौँः  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नवनिर्वाचित प्रदेश सभापतिहरूलाई बधाई दिएका छन । उनले आज विभिन्न छ प्रदेशका नवनिर्वाचित सभापतिलाई बधाई तथा शुभकामना दिएका हुन ।

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत हालै सम्पन्न प्रदेश अधिवेशनबाट प्रदेश कार्यसमितिसहित सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर, कर्णाली प्रदेश सभपातिमा ललितजङ्ग शाही, लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन, गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा, वाग्मती प्रदेश सभापतिमा इन्द्र बानियाँ र प्रदेश नं १ को सभापतिमा उद्धव थापा निर्वाचित भएका थिए ।

कांग्रेसको प्रदेश नं २ को प्रदेश अधिवेशनको उद्घाटन भए पनि नेतृत्व चयनका लागि निर्वाचन हुन बाँकी छ ।यसैगरी आजै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एक विज्ञप्तिमार्फत १४औँ महाधिवेशनअन्तर्गत हालै सम्पन्न प्रदेश अधिवेशनबाट सभापति, पदाधिकारी र सदस्यमा निर्वाचित सबैलाई बधाई दिएको छन ।

साथै उनले कांग्रेसको रुपान्तरणमार्फत राजनीतिलाई सम्मानित बनाउने अभियानमा सक्रिय हुनसमेत अनुरोध गरेका छन । रासस

प्रतिक्रिया दिनुहोस्