२२ फागुन, काठमाडौं। रंगको पर्व होलीमा अभद्र व्यवहार गर्ने दुई सयभन्दा बढी काठमाडौंबाट पक्राउ परेका छन्।
होलीको क्रममा उच्छृंखल व्यवहार गर्ने, एक अर्कालाई इच्छा विपरित पानी छ्याप्ने, लोला हान्ने, रंग दल्ने कार्यमा संलग्नलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ परेका केहीलाई सम्झाएर छाडिएको, केहीलाई साँझसम्म राखेर छाडेको र केहीलाई अभद्र व्यवहारमा मुद्दा चलाउने प्रहरी परिसरले जनाएको छ।