समाचार

२० हजार घुस लिएको आरोपमा सशस्त्रका सहायक हवल्दार पक्राउ

२१ फाल्गुन २०७९, आईतवार १४:०४
२० हजार घुस लिएको आरोपमा सशस्त्रका सहायक हवल्दार पक्राउ

२१ फागुन,काठमाडौँ​। सशस्त्र प्रहरी सहायक हवल्दारले सेवाग्राहीसँग घुस मागेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले गैडहवा गाउँपालिका वडा नं. ३ मंगलपुरबाट सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनलाई घुस रकमसहित आइतबार साँझ पक्राउ गरेको हो।

बुटवलबाट गएको अख्तियारको टोलीले स्टिङ अपरेशनका क्रममा सेनलाई सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिइसकेपछि गैडहवा गाउँपालिका वडा नं. ३ मंगलपुरबाट नियन्त्रणमा लिएको जनाएको छ।

घुस मागिरहेको सूचना तथा उजुरी निवेदनका आधारमा सेनलाई आयोगको टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्