खेलकुद

कुशल भुर्तेलले यूएईविरुद्धको खेल गुमाउने

२१ फाल्गुन २०७९, आईतवार ०३:२०
कुशल भुर्तेलले यूएईविरुद्धको खेल गुमाउने

२१ फागुन,काठमाडौँ​। आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय एकदिवसीय शृंखला खेल्नका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल घाइते भएका छन् ।

उनले अब यूएईविरुद्धको अन्तिम खेल गुमाउने भएको छन् । कुशलको ‘ग्रोइन इन्जुरी’ भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानले कुशलको स्थान सन्दीप जोराले लिने जनाएको छ ।

भुर्तेलको स्थानमा अन्तिम १४ जनाको टोलीमा सन्दीप जोरालाई टिममा राखिएको क्यानले जनाएको छ । १५ सदस्यीय नेपाली टोलीमा समावेश भएका जोरा १४ जनाभित्र थिएनन् ।

यूएईमा जारी शृखंलामा पहिलो खेलमा पपुवा न्यु गिनीविरुद्ध ५५ रन बनाउँदै प्लेअर अफ दि म्याच भएका भुर्तेल पछिल्ला दुई खेलमा भने सस्तैमा आउट भएका थिए ।

यूएई भ्रमणमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई पहिलो खेलमा चार र दोस्रो खेलमा तीन विकेटले पराजित गरेको थियो । नेपाल आयोजक यूएईसँग ६८ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्