समाचार

उपप्रधानमन्त्री श्रेष्ठ आज दोहा जाँदै

१९ फाल्गुन २०७९, शुक्रबार ०३:१८
उपप्रधानमन्त्री श्रेष्ठ आज दोहा जाँदै

१९ फागुन, काठमाडौं । अति कम विकसित मुलुकहरू(एलडिसी)को सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ आज (शुक्रबार) कतारको दोहा जाने भएका छन्।

उपप्रधानमन्त्री श्रेष्ठ आज साँझ दोहा प्रस्थान गर्ने उनको सचिवालयका एक सदस्य विजय गौतमले जानकारी दिए । श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, उपप्रधानमन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, सांसद जितेन्द्र नारायण देव, नेपाल सरकारका सचिव, कतारका लागि नेपाली राजदूत लगायत छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले भ्रमणका क्रममा एलडीसी सम्मेलनका प्लेनरी सेसनमा भाग लिनेछन् । विभिन्न देशका प्रतिनिधिसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको परारष्ट्र मन्त्रालयले जनाएको छ । दोहामा रहेका नेपालीसँग मन्त्री श्रेष्ठले भेट तथा छलफल गर्ने कार्यक्रम छ । उपप्रधानमन्त्री श्रेष्ठ फागुन २३ गते स्वदेश फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्