समाचार

धनगढीका व्यवसायीले आज बैंकमा पैसा जम्मा नगरेर विरोध जनाउने

१८ फाल्गुन २०७९, बिहीबार ०४:१३
धनगढीका व्यवसायीले आज बैंकमा पैसा जम्मा नगरेर विरोध जनाउने

१८ फागुन, काठमाडौं । बैंकले पछिल्लो समय बढाएको चर्को व्याजदरविरुद्ध आन्दोलनरत कैलालीका व्यवसायीले आज बैंककमा पैसा जम्मा नगरेर नयाँ शैलीको विरोध गर्ने भएका छन् ।

बढाएको व्याजदर फिर्ता लिन दबाबस्वरुप व्यवसायीले एक दिन नगद जम्मा नगरी विरोध जनाउन लागेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरका अनुसार बैंक, लघुवित्त र सहकारीहरुले बढाएको व्याजदर घटाउन दबाब स्वरुप व्यवसायीले आज एक दिन नगद जम्मा नगरी विरोध जनाउन लागेको हो । वित्तिय संस्थाहरुले व्याजदरमा चर्को मूल्य बढाएपछि व्यवसायबाट विस्थापित र पलायन हुने अवस्थामा पुगेको भन्दै केही दिनदेखि व्यवसायीहरुले आन्दोलनन गर्दै आएका छन् ।

हिजो बुधबार व्यवसायीले नेपाल राष्ट्र बैंक, धनगढी अगाडि विरोध प्रदर्शन गरेका थिए । यसअघि मासिक ७ प्रतिशत तिर्दै आएको भए पनि वित्तीय संस्थाहरुले हाल एकैचोटी १७ प्रतिशसम्म ब्याजदर बढाएपछि व्यवसायी आन्दोलित हुँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्