१८ फागुन, काठमाडौं । राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा आठ दलीय गठबन्धनले आज सांसदहरुको अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ।
आज संघीय सांसदहरुको अभिमुखीकरण कार्यक्रम गर्ने भएको हो । नेपाली काँग्रेसको संयोजन र व्यवस्थापनमा आज दिउँसो १ बजे तीनकुनेमा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यहरुलाई बोलाइएको छ ।
नयाँ बानेश्वर तीनकुनेस्थित रोयल ब्यांक्वेटमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरू का लागि अभिमुखीकरण कार्यक्रम अभिमुखीकरण कार्यक्रममा सहभागी हुनेछन् ।
राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल साझा उमेदवार छन् । नेकपा एमालेले सुवास नेम्वाङलाई उठाएको छ । राष्ट्रपति निर्वाचन फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदै छ ।