१८ फागुन, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) निर्वाचनमा संयुक्त विद्यार्थी संगठनहरूले एक जुट भएर जाने निर्णय गरेका छन्।
कांग्रेसको भ्रातृ संस्था नेविसंघ, माओवादी केन्द्रको अखिल क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियूबीच बुधबार स्ववियु निर्वाचनमा सहकार्य गर्ने सहमति भएको हो ।
नेता शाहीले तीनवटा विद्यार्थी संघठनको बैठकले मुख्य तीनवटा निर्णय गरेको जानकारी दिए। बैठकले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचन जस्तोसुकै परिस्थितिमा पनि सम्पन्न गर्न साझा प्रतिबद्धता व्यक्त गरेको, स्ववियु निर्वाचनमा सहकार्य गरेर अगाडि बढ्नुका साथै स्ववियु निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न त्रिवि र नेपाल सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको जानकारी दिए।
अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले तीन विद्यार्थी संगठनले चैत ५ गते हुने स्ववियु निर्वाचन जस्तोसुकै परिस्थितिमा पनि सम्पन्न गर्न साझा प्रतिबद्धता व्यक्त गरेको बताए । स्ववियु निर्वाचन मा सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ छ ।
स्ववियु निर्वाचन स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न त्रिवि र नेपाल सरकारको ध्यानाकर्षण गर्ने निर्णय भएको एमसीले बताए । यसअघि स्ववियु निर्वाचनमा तालमेल गर्न नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले तीन सदस्यीय कार्यदल बनाइसकेका छन् ।