समाचार

एमाले नेता नेस्नलको मिसन ग्रासरुट अभियान जुम्लाबाट सरु

१७ फाल्गुन २०७९, बुधबार १५:००
एमाले नेता नेस्नलको मिसन ग्रासरुट अभियान जुम्लाबाट सरु

१७ फागुन, जुम्ला । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ‘मिसन ग्रासरुट’ अभियान जुम्लामा  गरेको छ ।

कार्यक्रममा नेकपा (एमाले)का केन्दीय सदस्य तथा कालिकोटक इन्चार्ज नगिन्द्र शाही (नेस्नल)ले पार्टीलाई बलियो बनाउन ग्रासरुट अभियानको थालनी गरिएको बताए । “एमाले तल्लो तहका कार्यकर्ताले जोगाएको पार्टी हो, यसमा अझै धेरैलाई जोड्न जरुरी छ”, उनले भने ।

आगामी चुनावमा एमालेलाई एक नम्बरको पार्टी बनाउन संगठन सुदृढीकरण तथा विस्तार गर्न पार्टीकाे “मिसन ग्रासरुट” भियानमा लागेका हुन । कालिकोट ईन्चार्ज समेत रहेका शाहीको जुम्ला कार्यक्षेत्र परेकाे छ ।

जुम्लाका दुर्गम गाउँमा पार्टी विस्तार अभियानमा व्यस्त रहेको नेता शाहीले मिसन न्युजलाई बताए । लाेकप्रियताकाे आधारमा जुम्लामा पनि एमाले पहिलो पार्टी रहेको नेता शाहीले बताए ।

आगामी चुनावमा माओवादी  शुन्यमा पुग्ने शाहीले बताएका छन् । शून्यमा पुग्नुको मुख्य दोष प्रचण्डको नै हुने उनले बताएका छन् । मिसन ग्रासरुट अभियान अन्तर्गत जुम्लाका बस्तीहरुमा नेता कार्यकर्ताकाे साथमा जनतासंग भलाकुसारी गरिरहेको उनलेे बताए ।

प्रतिक्रिया दिनुहोस्