खेलकुद

सन्दीप लामिछाने युएई प्रस्थान

१७ फाल्गुन २०७९, बुधबार १४:४८
सन्दीप लामिछाने युएई प्रस्थान

१७ फागुन, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने आइसिसी विश्वकप क्रिकेट लिग -२ अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजका लागि युएई प्रस्थान गरेका छन् ।

सर्वोच अदालतले विदेश जान अनुमति दिएसँगै उनी बुधबार दिउँसो यूएईतर्फ प्रस्थान गरेका हुन् । नेपालले बिहीबार घरेलु टोली युएईसँग खेल्नेछ । सो खेलमा सन्दीप पनि सहभागी हुन सक्नेछन् । घाइते रहेका श्याम ढकालको स्थानमा सन्दीपलाई राख्न नेपाल क्रिकेट संघ  (क्यान)ले मागेको अनुमति अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसिसी)ले स्वीकृत गरेको हो ।

६ महिनापछि घरेलु मैदानमा सम्पन्न स्कटल्याण्ड र नामिविया सम्मिलित त्रिकोणात्मक ओडिआई सिरिजमा सन्दीपले उत्कृष्ट कमव्याक गरेका थिए । सिरिजमा नेपालले ‘क्लीन स्विप’ गरेको थियो । जसमा बलिङतर्फ सन्दीप नायक बनेका थिए ।

नेपालले युएई भ्रमणमा पहिलो खेल पपुवा न्युगीनीसँग सानदार जित हात पारिसकेको छ । योसँगै नेपालले ओडिआई क्रिकेटमा पहिलो पटक लगातार पाँच जित हात पारेको छ ।

लिग २ मा नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ । नेपाललाई शीर्ष तीनमा रहँदै आगामी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न अब बाँकी रहेका ७ खेलमध्ये ६ खेल जित्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्