समाचार

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने समाजवादीको निर्णय

१७ फाल्गुन २०७९, बुधबार १४:२१
राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने समाजवादीको निर्णय

१७ फागुन, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ।

आज बसेको सचिवालय बैठकले आठ दलका तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिएका पौडेललाई मतदान गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । पौडेललाई सहयोग गर्ने निर्णय अहिलको सन्दर्भमा उपयुक्त भएको निष्कर्ष पनि बैठकले निकालेको हो ।

पौडेललाई सहयोग गर्ने निर्णय अहिलको सन्दर्भमा उपयुक्त भएको निष्कर्ष पनि बैठकले निकालेको छ। एकीकृत समाजवादीको संघीय संसदमा १८ जना र प्रदेशसभामा २५ जना सांसद छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा दुबै तहका सांसदहरु मतदाता रहन्छन् ।

यता, आजै नेकपा एमालेका अध्यक्ष केपी ओली र वामपन्थी नेता वामदेव गौतमबीच राष्ट्रपति निर्वाचनकै विषयमा छलफल भएको छ । एमालेका तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिएका सुवास नेम्वाङलाई भोट माग्न अपरान्ह गौतम निवास भैंसेपाटी पुगेका ओली र वामदेवबीच पछिल्लो राजनीतिक अवस्थाका विषयमा पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्