१६ फागुन, काठमाडौं। चितवन–२ मा हुन लागेको उपनिर्वाचनका लागि १८ दल निर्वाचन आयोगमा दर्ता भएका छन्।
फागुन १६ गतेसम्म उक्त संख्याको दल दर्ता भएको आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद् पद खारेज भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।
चितवन–२ मा हुन लागेको उपनिर्वाचनका लागि भाग लिने दलमा नेपाल मजदुर पार्टी, मंगोल नेश्नल अर्गनाइजेशन, राष्ट्रिय नागरिक पार्टी, नेपाली काँग्रेस, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत मार्सवादी लेलिनवादी), नेकपा (माओवादी केन्द्र) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दल दर्ता गराएका छन् ।
त्यस्तै, नेकपा माओवादी समाजवादी, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी, मौलीक जरोकिलो पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, नेपाली काँग्रेस (वी.पी) राप्रपा, जय जन्मभूमि पार्टी नेपालले पनि निर्वाचनमा भाग लिन आयोगमा दल दर्ता गराएको प्रवक्ता शर्माले जानकारी दिए ।