१६ फागुन, काठमाडौं। राष्ट्रपति निर्वाचनअन्तर्गत आज (फागुन १६ गते, मंगलबार) उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुँदै छ।
मंगलबार राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिन समय दिइएको थियो ।आज सुरुमा उम्मेदवारमध्ये कसैले चाहेमा नाम फिर्ताको समय दिइनेछ। नाम फिर्ता लिन चाहने उम्मेदवारका लागि मंगलबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय छ। उम्मेदवारहरुले नाम फिर्ता लिने समय सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने छ।
निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन २०७४ को दफा २३ बमोजिम प्रकाशित अन्तिम नामावलीमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ रहेका छन् । फागुन २५ गते राष्ट्रपतिको निर्वाचनका लागि मतदान हुँदैछ ।