खेलकुद

सर्वाेच्चले सन्दीपलाई दियो विदेश जाने अनुमति

१५ फाल्गुन २०७९, सोमबार ११:५६
सर्वाेच्चले सन्दीपलाई दियो विदेश जाने अनुमति

१५ फागुन, काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले धरौटीमा छाड्ने आदेश सदर पनि गरेको हो ।

आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले उच्च अदालत पाटनले लगाएको प्रतिबन्ध हटाउँदै लामिछानेलाई विदेश जान अनुमति दिएको हो । उच्च अदालतले यसअघि लामिछाने विदेश जान नपाउने आदेश गरेको थियो । लामिछानेको तर्फबाट उक्त प्रतिबन्ध हटाउन माग गर्दै सर्वोच्चमा निवेदन दायर गरिएको थियो ।

उच्चको निर्णयपछि सन्दीपविरुद्ध महान्यायाधिवक्ता कार्यालयले दायर गरेको पुनरवलोकन निवेदन दिएको थियो भने सन्दीपले विदेश जान पाउनुपर्ने माग गर्दै निवेदन दिएका थिए। दुवै मुद्दामा आइतबार र सोमबार एकै इजलासमा सुनुवाइ भएको थियो।

प्रतिक्रिया दिनुहोस्