समाचार

एमाले सचिवालय बैठकमा परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण प्रधानमन्त्रीले रोकेकोबारे छलफल हुने

१५ फाल्गुन २०७९, सोमबार ०३:४४
एमाले सचिवालय बैठकमा परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण प्रधानमन्त्रीले रोकेकोबारे छलफल हुने

१५ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेपछि नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

पार्टीका महासचिव शंकर पोखरेलले आज बिहान ११ बजे सचिवालय बैठक बस्ने जानकारी दिए। उनकाअनुसार परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आदेशमा रोकिएकोबारे सचिवालय बैठकमा छलफल हुनेछ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनलगायत विषयमा समेत छलफल हुने केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताए ।

एमालेले  समसामयिक राजनीतिक घटनाक्रमबारे पनि सचिवालय बैठकमा छलफल गर्ने भएको छ। पार्टी कार्यालयका सचिव भिष्म अधिकारीले राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि सचिवालय बैठकमा छलफल हुने सेतोपाटीलाई जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्