समाचार

हेलिकोप्टर चार्टर गरेको निम्तो मान्दिनँ : सुदन किराती

१५ फाल्गुन २०७९, सोमबार ०३:२५
हेलिकोप्टर चार्टर गरेको निम्तो मान्दिनँ : सुदन किराती

१५ फागुन, काठमाडौँ । संस्कृति तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले राष्ट्रिय विपत् र अत्यावस्यक काम बाहेक हेलिकोप्टर नचढ्ने बताएका छन्।

सामाजिक सञ्जालमा उनले विभिन्न कार्यक्रमका लागि हेलिकोप्टर चार्टर गरेर निम्तो दिएको भन्दै अत्यावश्यक बाहेक आफूले हेलिकोप्टर नचढ्ने नीति लिएको बताएका हुन्। उनले कोही मन्त्री गाउँमा आउदैमा खोलाखोल्सीमा दुध नबग्ने र माटोमा सुन नफल्ने बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्