१४ फागुन, काठमाडौँ । कलाकार पल शाहले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएपछि अभिनेत्री पूजा शर्मा खुसी भएकी छन् । उनले पलले सफाइ पाउँदा सामाजिक संजालमार्फत खुसी व्यक्त गरेकी छन् । उनले आज पानी परेर सबै फोहोर पखालिपछि सबै कुरा सुन्दर भएर आएको बताएकी छन् ।
यस्तैमा अभिनेत्री पूजा शर्माले पलले सफाइ पाउँदा खुसी व्यक्त गरेकी छन् । उनले पलको सफाइसँगै सबै कुरा सुन्दर भएर आएको बताएकी हुन् ।
उनले लेखेकी छन्, ‘आज पानी पर्यो । सबै फोहोर पखालियो । मेरो साथी पलले सफाइ पायो । सबै कुरा सुन्दर भएर आयो ।’ उनले अन्त्यमा भगवानलाई धन्यवाद समेत भनेकी छन् ।
पूजा केही अगाडि पलको जन्मदिन पारेर तनहुँ कारागारमा समेत पुगेकी थिइन् । उक्त समय उनले कारागारभित्र पलको जन्मदिन सेलिब्रेसन गर्दै केक समेत काटेकी थिइन् ।