समाचार

भारतमा ‘ओमिक्रोन’ संक्रमितको संख्या २१ पुग्यो

२० मंसिर २०७८, सोमबार ०१:३५
भारतमा ‘ओमिक्रोन’ संक्रमितको संख्या २१ पुग्यो

नयाँ दिल्ली । भारतको राजस्थानमा ९ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २१ पुगेको छ ।

भारतमा तीव्र रुपमा फैलिन थालेको ओमिक्रोन आइतबारमात्रै महाराष्ट्रमा ९, राजस्थानमा ८ र दिल्लीमा १ जनामा देखा परेको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

एजेन्सीका अनुसार महाराष्ट्रमा देखिएका ओमिक्रोन संक्रमितमा एक महिला पनि छिन् । साथै, उनका भाइसहित दुई छोरीलाई पनि संक्रमण पुष्टि भएको छ ।

यसअघि कर्नाटकमा दुई जनामा, गुजरातमा १ जनामा र नयाँ दिल्लीमा १ जनामा संक्रमण पुष्टि भइसकेको छ । सुरुमा दक्षिण अफ्रिकामा देखा परेको ओमिक्रोन भारतमा पनि फेला परेसँगै तीव्र रुपमा फैलिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्