१४ फागुन, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार साँझ बालुवाटारमा आठ दलको बैठक बोलाएका थिए ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ रहेका छन् ।
गठबन्धनमा आबद्ध सबै दलका सबै सांसदहरूलाई फागुन २३ भित्र काठमाडौँ आउन निर्देशन दिएको छ । राष्ट्रपतिको निर्वाचनका लागि उनीहरूलाई काठमाडौँ बोलाउने निर्णय भएको जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
त्यस्तै जनमत पार्टीबाट अब्दुल खाँ लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी रहेका छन् । जनमत पार्टीका नेता तथा मन्त्री अब्दुल खाँका अनुसार कार्यदलमा रहेका सदस्यले राष्ट्रपति निर्वाचनमा आआफ्नो पार्टीको जिम्मा लिनुपर्नेछ ।
आइतबारको बैठकमा भएका विषयलाई आफ्ना दलका सांसदहरूसम्म पुर्याउनका लागि सबै दलहरूले यसबीचमा संसदीय दलको बैठक राख्ने र छलफल गर्ने समझदारी भएको पनि श्रेष्ठले जानकारी दिए ।
राष्ट्रपति निर्वाचनका लागि समीकरण बन्नुमा संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशीता तथा संविधानको रक्षालाई आधार मान्ने विषयमा पनि दलहरू एकमत रहेको श्रेष्ठले बताए ।