समाचार

दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन : अध्यक्षमा रीता र वरिष्ठ उपाध्यक्षमा पशुपति निर्विरोध निर्वाचित

१३ फाल्गुन २०७९, शनिबार १२:३६
दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन : अध्यक्षमा रीता र वरिष्ठ उपाध्यक्षमा पशुपति निर्विरोध निर्वाचित

१३ फागुन, काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको धादिङमा जारी आठौं केन्द्रीय महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ ।

नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । शनिवार दिउँसो भएको मनोनयन दर्ताको काम केही समयअघि सकिएको छ ।

वरिष्ठ उपाध्यक्षमा गायक पशुपति शर्माको पनि एकल उम्मेदवारी परेको छ । त्यस्तै,  प्रतिष्ठानको अध्यक्षमा गायिका रीता थापा मगरको एकल उम्मेदवारी परेको छ ।

एकल उम्मेदवारी परेका कारण वरिष्ठ उपाध्यक्षमा पशुपति र अध्यक्षमा रीता निर्विरोध निर्वाचित हुनेछन् । त्यस्तै, प्रथम उपाध्यक्षमा पनि गायक रामजी खाँणको एकल उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्