खेलकुद

देव र अर्जुनको शतकमा नेपाल २४३ रनले विजयी

१३ फाल्गुन २०७९, शनिबार १२:२२
देव र अर्जुनको शतकमा नेपाल २४३ रनले विजयी

१३ फागुन, काठमाडौं । कप्तान देव खनाल र अर्जुन कुमालले शतक प्रहार गरेपछि यू–१९ विश्वकप एशिया छनोटमा नेपालले कुवेतलाई २४३ रनले पराजित गरेको छ।

यूएईमा भएको खेलमा नेपालले २ सय ४३ रनको जित निकालेको हो । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यस अगाडि नेपालले सिंगापुरमाथि पनि सजिलो जित निकालेको थियो ।

नेपालले पहिले ब्याटिङ गर्दै ७ विकेटमा ३ सय ४३ रनको विशाल स्कोर खडा गरेको थियो । त्यसमा प्रारम्भिक ब्याटर अर्जुन कुमालले १ सय ८ र कप्तान देव खनालले १ सय २५ रनको शानदार प्रदर्शन गरे । अर्जुनले १ सय १२ बलको सामना गरेर १२ चौका प्रहार गरे । यस्तै देवले १ सय १७ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।

कप्तान खनालले १ सय १७ बलमा ९ चौका र ३ छक्कासहित १ सय २५ रन बनाए। कुमालले १ सय १२ बलमा १२ चौकासहित १ सय ८ रन बनाए। एउटै अन्तर्राष्ट्रिय प्रतियोगितामा दुईजना ब्याटरले शतक बनाएको पहिलोपटक हो।

ओपनर दीपक बोहरा २७ बलमा २ चौकासहित १३ रनमा आउट भए। आकाश त्रिपाठी २ रनमा रन बाहिरिए। विशाल विक्रम केसी १४ बलमा ४ चौकासहित २३ दीपक बोहरा ९ बलमा ४ चौकासहित १९, दीपक डुम्रे १६ बलमा १ चौकासहित २०, दीपेश कँडेल र सुवास भण्डारीले २-२ रन बनाए।

कुवेतका लागि शहिल कज्मी र हेनरी थोमसले दुई–दुई तथा हेबर अली र महेश्वरकुमार मेहताले एक–एक विकेट लिए।नेपालले शुक्रबार भएको पहिलो खेलमा सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो। नेपालको अर्को खेल सोमबार हङकङसँग हुनेछ।

प्रतिक्रिया दिनुहोस्